पूर्व नगरप्रमुख शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अनुमति

पूर्व नगरप्रमुख शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अनुमति

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • पूर्व नगरप्रमुख शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । झापा बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुबकुमार शिवाकोटीलाई जिल्ला अदालत झापाले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार आफ्नै घरमा घरेलु कामदारको रुपमा राखिएको बालिकालाई पटक –पटक जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई मङ्गलबार अनुसन्धानका लागि चार दिन समय थप भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे हाे ।

    यता लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला बालिका बलात्कार जस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीमाथि सत्यतथ्य छानविन गरी हदैसम्मको कारबाही गर्न चार राजनैतिक दलका महिला सङ्गठनले माग गरेका छन् ।

    बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीलाई जोगाउने षड्यन्त्र भइरहेको भन्दै विभिन्न राजनीतिक दलनिकट महिला सङ्गठनहरुले प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij