देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौं उपत्यकामा हुस्सु

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौं उपत्यकामा हुस्सु

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौं उपत्यकामा हुस्सु

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ  । 

    आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij