दुर्घटनामा परेर फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु

दुर्घटनामा परेर फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • दुर्घटनामा परेर फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु

    काठमाडौं । कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ। कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो। 

    लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए। स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा बज्रेको थियो। न्यौपाने गम्भीर घाइते भएका थिए।

    न्यौपानेको उपचारको क्रममा मंगलबार बिहान साढे ५ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

    उनी कपिलवस्तुमा सञ्चालिन राष्ट्रिय मेला अवलोकन गरेर घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए। लामो समय एन्फा एकेडेमीबाट उनी कप्तान भएका थिए। उनले वनेपालमा हुने ए डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij