घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको अनुगमन, काम निर्धारित समयमा सक्नेगरी तीव्रता दिन निर्देशन

घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको अनुगमन, काम निर्धारित समयमा सक्नेगरी तीव्रता दिन निर्देशन

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको अनुगमन,  काम निर्धारित समयमा सक्नेगरी तीव्रता दिन निर्देशन

    दमौली । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गरेका छन् । 

    ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिएका हुन्। अनुगमनका क्रममा उनले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गरे ।  

    कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराएका थिए । 

    चरण एकअन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यस प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५ दशमलव ७ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । 

    मुख्य बाँध निर्माणअन्तर्गत १ सय ४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् । 

    आयोजनाको चरण दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । यो चरणमा ६३.५ प्रतिशत प्रगति भएको छ । 

    चरण तीनको प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर २ सय २० केभी ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij