काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।