भारतीय आधार कार्ड लिएर क्यासिनोमा जुवा खेल्ने १ जना नेपाली पक्राउ

भारतीय आधार कार्ड लिएर क्यासिनोमा जुवा खेल्ने १ जना नेपाली पक्राउ

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • भारतीय आधार कार्ड लिएर क्यासिनोमा जुवा खेल्ने १ जना नेपाली पक्राउ

    काठमाडौं ।  भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३७ वर्षीय विशाल बर्तौला छन् । 

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई ठमेलको छाँया सेन्टरस्थित क्यासिनो वाल्डो डाइनेस्टीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

    उनले क्यासिनोमा जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा भारतीय आधार कार्ड बनाएको प्रहरीले जनाएको छ । उनीबाट उक्त कार्ड समेत बरामद भएको छ । पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij