लगाएको कपडामा आगो सल्किँदा काठमाडौंमा एकजनाको मृत्यु, विभिन्न जिल्लामा ९ जना घाइते

लगाएको कपडामा आगो सल्किँदा काठमाडौंमा एकजनाको मृत्यु, विभिन्न जिल्लामा ९ जना घाइते

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • लगाएको कपडामा आगो सल्किँदा काठमाडौंमा एकजनाको मृत्यु, विभिन्न जिल्लामा ९ जना घाइते

    काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाडौंको बुढानीलकण्ठमा एकजनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका छन् ।

    बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

    उनले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागीमा परी मानिस घाइते हुनेक्रम बढेको बताए ।

    प्रवक्ता डा भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा आगलागीमा परेर नौ जना घाइते भएको जानकारी दिए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

    चिसो बढिरहेकाले मानिसहरुले विभिन्न तरिकाले असावधानीवश न्यानोका लागि आगो ताप्दा आगलागी हुने गरेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij