पर्सा पुर्याइए रवि लामिछाने, आजै बयान लिने तयारी

पर्सा पुर्याइए रवि लामिछाने, आजै बयान लिने तयारी

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • पर्सा पुर्याइए रवि लामिछाने, आजै बयान लिने तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिएको छ । सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएपछि उनलाई सोमबार पर्सा लगिएको हो ।

    कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई विमानबाट काठमाडौं हुँदै सिमरा विमानस्थल पुर्‍याइएको हो ।

    सिमराबाट लैजाने क्रममा भने रास्वपाका समर्थकले नाराबाजी गरेका थिए । उनीहरूले लामिछानेलाई राखिएको प्रहरीको गाडीलाई अवरोध गर्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई हटाएको थियो ।

    पर्सामा लामिछानेकाे बयान आजै लिने तयारी गरिएकाे छ । 

    सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो । प्रहरीले लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij