रविलाई दुर्व्यवहार गरेको उजुरीपछि मानव अधिकार आयोगले बोलायो प्रहरीका आईजीपी

रविलाई दुर्व्यवहार गरेको उजुरीपछि मानव अधिकार आयोगले बोलायो प्रहरीका आईजीपी

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • रविलाई दुर्व्यवहार गरेको उजुरीपछि मानव अधिकार आयोगले बोलायो प्रहरीका आईजीपी

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको उजुरी परेपछि सोधपुछका लागि कुँवरलाई बोलाइएको आयोगले जनाएकाे छ ।

    लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट पोखरा लैजाँदा  दुर्व्यवहार गरेर लगेको आरोपसहित उनकी पत्नी निकिताले आयोगमा उजुरी गरेकी थिइन् । रास्वपाले समेत आयोगमा उजुरी दिएको छ । 

    उजुरीमा मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको र बिहान जहाजमार्फत पुर्‍याउन अनुरोध गरे पनि गाडीमै लगिएको आरोप लगाएकी छिन् । 

    तर, चितवन प्रहरीले भने आइतबारै विज्ञप्ति जारी गरेर यसको खण्डन गरिसकेको छ । आईजीपी कुँवर भने सोमबार कर्णाली प्रदेशको सुरक्षा भेलामा गृहमन्त्री रमेश लेखकसँगै सुर्खेत पुगेका छन् ।

    सहकारी ठगी प्रकरणमा रास्वपा सभापति गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij