काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ । उनलाई पर्सा लैजाने प्रयोजनका लागि प्रहरीले विमानस्थल लगेको हो ।
उनलाई काठमाडौं ल्याएर काठमाडौंबाट फेरि सिमरा हुँदै पर्सा लैजाने तयारी छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान लागेको हो ।
लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।