काठमाडौं । जापानले गैरकानुनीरुपले बसेका दुईजना नेपालीलाई निष्काशन गरेको छ । निष्काशित हुनेहरूमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन् । उनीहरू भिषाको म्याद सकिसकेपछि पनि लुकिछिपी जापान बस्दै आएका थिए ।
त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाइ एयरको जहाजबाट नेपाल फर्काएको हो । उनीहरू केही दिनअघि काठमाडौं आएका हुन् ।
गैरकानुनीरुपमा लुकिछिपी बसेका विदेशीहरूमाथि जापानको अध्यागनले अहिले धरपकड सुरू गरेको छ । गैरकानुनीरुपमा काम गरिरहेका नेपालीहरू समेत जापानको अध्यागमनको खोजी सूचीमा परेका छन् ।