सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय

सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय

    काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । 

    गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी र जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन् । निर्वाचनका बेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी र जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि अब पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा प्रदेशसभा सदस्य बन्ने भएकी हुन् ।

    उनको नाममा आज बसेको कार्यसम्पादन  समितिको बैठकले अनुमोदन गरेको छ । सांसद गौचनको गत २८ कार्तिकमा निधन भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij