करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद

करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद

    काठमाडौं । कैलालीमा भन्सार छली गरेर ल्याइएको करीब ११ लाख बराबरको सामान बरामद गरिएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको टोलीले भारतीय सीमा नाकाबाट अवैध रुपमा ल्याइएको १० लाख ९१ हजार ८ सय ९ रुपैयाँको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराह, सञ्चयकोष कार्यालय धनगढी र बोराडाँडीबाट १० लाख ५३ हजार बराबरको विभिन्न कम्पनीका मोबाइलका कभरहरु, किरानाका सामान र मोजाहरु बरामद गरिएको छ ।

    यस्तै, गोदावरी नगरपालिका–९ को वालुवाटारबाट ३८ हजार बराबरको स्पिकर, पम्पको वासर र किराना सामानहरु बरामद गरिएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij