१२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ

१२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • १२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ

    काठमाडौं । कैलालीमा १२ ग्राम लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिकासहितका ठाउँबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय महेश भट्ट, वडानम्बर ७ बस्ने १८ वर्षीय राजेश राना र २५ वर्षीय राम गोपाल रानालाई रहेका छन् । भट्टलाई दुई ग्राम ४७० मिलिग्राम, रानालाई एक ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    यस्तै, जानकी गाउपालिका–९ खैरीफाटा बस्ने १९ वर्षीय सचिन रावललाई शंका लागि चेकजाँच गर्दा तीन ग्राम ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जनाइएको छ । 

    धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिक बस्ने २८ वर्षीय गोपाल रामजालीमगरलाई ५१० मिलिग्राम र वडा नम्बर ८ संगम टोल २८ वर्षीय सुरेश चौधरीलाई एक ग्राम ५९० मिलिग्राम र वडा नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरीलाई एक ग्राम ८४० मिलिग्रामसहित पक्राउ गरिएको छ ।

    सातै जनाबाट बरामद गरिएको लागुऔषध खैरो हेरोइनको तौल ११ ग्राम ७३० मिलिग्राम रहेको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij