गढीमाई मेलामा ८० लाख श्रद्धालु सहभागि, १० हजार राँगाको बलि

गढीमाई मेलामा ८० लाख श्रद्धालु सहभागि, १० हजार राँगाको बलि

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • गढीमाई मेलामा ८० लाख श्रद्धालु सहभागि, १० हजार राँगाको बलि

    काठमाडौं । महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षीय मेलामा ५० लाखभन्दा बढी भारतीय श्रद्धालुहरू मेला भर्न आएका छन् । मेला सुरु भएको २३ औं दिनसम्म ८० लाखभन्दा बढी श्रद्धालु सहभागी भएको अनुमान गरिएको छ ।  

    गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन समितिका अनुसार, ५० लाखभन्दा बढी भारतीय र ३० लाख नेपाली श्रद्धालु मेला भर्न आएका छन् । मेलामा भारतीय श्रद्धालुहरू भाकल पुरा गर्न गढीमाई मन्दिरमा बढी संख्यामा आउने गर्छन् ।  

    मेला शुरु भएको २३ औ दिनसम्म आई पुग्दा ८० लाख भन्दा बढी श्रद्धालुहरु सहभागी भएकाे समितिले जनाएकाे छ । सहभागी भएका मध्ये ५० लाख भन्दा बढी भारतीय श्रद्धालुहरु रहेका छन् ।

    भाकल पुरा भएपछि उनीहरू लाखौंको संख्यामा मेला हेर्न आउने गरेका छन् । मन्दिरका पुजारीका अनुसार, बिहार, उत्तर प्रदेश, झारखण्ड र पश्चिम बङ्गालका श्रद्धालुहरूले चुनाव सफलताको लागि गढीमाईसँग भाकल माग्ने गरेका छन् ।

    श्रद्धालुहरूको सुविधाका लागि मेला समितिले विभिन्न स्थानमा नि:शुल्क टेन्टको व्यवस्था गरेको छ । यी टेन्टहरूमा एक पटकमा पाँच लाखभन्दा बढी श्रद्धालुहरू बसेका छन् । जिल्लाका विभिन्न स्थानीय तह, ट्रेड युनियन काँग्रेस, मारवाडी सेवा समिति लगायतका जातीय संगठन र गैर सरकारी संस्थाहरूले पनि नि:शुल्क टेन्ट सेवा प्रदान गरेका छन् ।  

    श्रद्धालुहरूको सन्देश र अन्य आवश्यकताका लागि मेला क्षेत्रका विभिन्न स्थानमा शौचालय र खानेपानीको व्यवस्था गरिएको छ । चापाकल र पानीको धाराले श्रद्धालुहरूलाई सहजता प्रदान गरेको मेला व्यवस्थापन समितिले जनाएकाे छ ।

    सुरक्षाको दृष्टिकोणबाट, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरूलाई परिचालन गरिएको छ । मेलाको निगरानीका लागि सिसिटिभी क्यामेराको पनि व्यवस्था गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार, मेला शान्तिपूर्वक सञ्चालन भइरहेको छ ।  

    विशेष रूपमा भारतीय श्रद्धालुहरूको सेवा गर्न पर्यटन प्रहरीको छुट्टै सेवा केन्द्र खोलेको छ, जहाँ अधिकांश भारतीय श्रद्धालुहरूले सेवा लिएका छन् ।  

    आईतबारदेखि गढीमाईलाई राँगा बली दिने कार्य पनि सुरु भएको छ । मेला व्यवस्थापन समितिका महासचिव यादवका अनुसार, १० हजारभन्दा बढी राँगा बली दिइएको छ । बलि दिएका रंगाहरूको टाउको गन्ने कार्य जारी छ ।  

    यस मेला र यसको व्यवस्थापनमा कडा सुरक्षा र पर्याप्त सुविधाले मेला शान्तिपूर्वक र सफलतापूर्वक सञ्चालन गर्न मद्दत पुर्याएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij