तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

    तनहुँ । गत असोजको बाढीबाट  तनहुँमा १ करोड रुपैयाँ भन्दा बढीको बाली नष्ट  भएको छ ।  आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा १ करोड ८ लाख ८ हजार ३ सय ७० बराबरको क्षति भएको हो । 

    जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन  र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा ८६ लाख ७० हजार ५ सय ७० रुपैयाँ बराबरको नोक्सान भएको छ ।
     
    त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा १५ लाख ९१ हजार ८ सय रुपैयाँ र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा ६० हजार रुपैयाँ नोक्सान भएको छ । देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा २ लाख ४० हजार रुपैयाँको नोक्सान भएको छ । 

    देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा ५० हजार रुपैयाँ र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु एक लाखबराबरको नोक्सान भएको छ ।

    प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij