काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन् । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत अन्दाजी ४० वर्षीय सुधीर कुमार झा झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका हुन् ।
छिन्नमस्ता गाउँपालिका ५ गोविन्दपुर घर भएका झा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए ।
उनी कार्यरत अस्पताल र घटनास्थल करिब एक किलोमिटर दुरीमा पर्छ । झ्यालमा बाँधिएको झाको दुवै खुट्टाले भुइँ छोएको देखिएकाले घटना रहेको प्रहरीले बताएको छ ।