धराप हनुमानढोका प्रहरी भवन भत्काउन पत्राचार

धराप हनुमानढोका प्रहरी भवन भत्काउन पत्राचार

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • धराप हनुमानढोका प्रहरी भवन भत्काउन पत्राचार

    काठमाडौं । विश्वसम्पदा क्षेत्रभित्र रहेको हनुमानढोका प्रहरी कार्यालयको भवन यथाशीघ्र भत्काइने पुरातत्व विभागले निर्णय गरेको छ । सो निर्णय कार्यान्वयन गर्न सम्पूर्ण निकायसँग समन्वय गर्न निर्देशन दिएको छ ।

    पुरातत्व विभागको मंगलवार बसेको बैठकले पुरातत्व विभाग विश्वसम्पदा शाखाले ३ बुँदे निर्देशन दिँदै सो भवन मापदण्ड विपरीत रहेको र भूकम्पले जीर्णसमेत रहेकाले भत्काउन पत्राचार गरेको हो ।

    प्रहरी परिसर काठमाडौंको स्वामित्वमा रहेको सो भवन ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । सानाठूला गरी ५ वटा संरचना रहेको भवन इँट्टा पर्खालले घेरिएको र सो पर्खालसमेत जीर्ण रहेको उल्लेख छ । मुख्य भवन भूकम्पले क्षतिग्रस्त अवस्थामा रहे पनि हाल केही प्रहरी सो भवनमै बसिरहेका छन् ।

    पत्रमा नेपाल प्रहरीको जीर्ण भवन रहेको स्थानमा ऐतिहासिक हनुमानढोका दरबार परिसरअन्तर्गतको क्षेत्रमा पर्ने सो भवनको ५ वटा संरचनामध्ये उत्तरपूर्वी भागमा रहेको भवन जीर्ण अवस्थामा रहेको पत्रमा उल्लेख छ । धराप अवस्थामा रहेकाे सो भवन जुनसुकै बेला ढल्न सक्ने भएकाले भत्काउनुपर्ने निर्णय भएको विभागले जनाएकाे छ । 

    विभागको टोलीले सो भवन निरीक्षण गरी गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । दरबारक्षेत्रमा रहेको कुरूप भवन तत्काल व्यवस्थापन गर्न सरोकारवाला निकायलाई आग्रह गरेको उनको भनाइ थियो । काठमाडौं महानगरपालिकाले खरिद गर्ने तयारीमा रहेको भवनको विषयमा हालसम्म कुनै निर्णय भएको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij