काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका–७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । तामाङलाई कृष्णनगर नगरपालिका–२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो ।
काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको हो । उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।