गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

शनिवार, मंसिर २२ २०८१
शनिवार, मंसिर २२ २०८१
  • गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ ।

    मृत्यु हुनेमा पैदलयात्री राप्ती नगरपालिका–२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ । उनलाई हेटौडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका–१ स्थित पिप्लेमा ठक्कर दिएको थियो ।

    गाडीको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij