आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

शनिवार, मंसिर २२ २०८१
शनिवार, मंसिर २२ २०८१
  • आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । 

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

    साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।

    शनिबार दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। शनिबार राति  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा राति  हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij