अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पर्छ ?

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पर्छ ?

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पर्छ ?

    काठमाडौं । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अनुसार ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) चार सय ७० र मझौलाको चार सय ५५ कायम गरिएको छ ।

    पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए ।

    उनका अनुसार यसअघि अण्डाको मूल्य पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो । मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् ।

    पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए ।

    हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij