निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

    काठमाडौं । निर्माणाधीन तराई-काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका– ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

    हात्तीसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    कार्यालयका अनुसार दुर्घटनामा टिपर चालक सानु लोको मृत्यु भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij