काठमाडौं आइपुगे भुटानका राजा जिग्मे, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

काठमाडौं आइपुगे भुटानका राजा जिग्मे, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं आइपुगे भुटानका राजा जिग्मे, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

    काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन् । अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

    उनलाई विमानस्थलमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले स्वागत गरेकी छन् ।

    भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन् ।

    भुटानी राजा आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij