काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीका बडायक दम्पती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । हत्याको करिब एक महिनापछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय गंगाबहादुर राना छन् । उनलाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
८कात्तिकको बिहान मृतावस्थामा रमेश बडायक र उनकी श्रीमती कमला मृत भेटिएका थिए । रमेश घरको आँगनमा मृत भेटिएका थिए भने उनकी श्रीमती कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन् । रमेशको टाउको र कमलाको टाउको तथा निधारमा समेत धारिलो हतियार प्रहार गरिएको थियो ।
बडायक दम्पत्ती लालझाडीमै नास्ता पसल सञ्चालन गर्दै आएका थिए ।