जडीबुटीमा कार र मोटरसाइकल ठाेक्किँदा युवकको मृत्यु

जडीबुटीमा कार र मोटरसाइकल ठाेक्किँदा युवकको मृत्यु

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • जडीबुटीमा कार र मोटरसाइकल ठाेक्किँदा युवकको मृत्यु

    काठमाडौं । काठमाडौंको जडिबुटीमा कार र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा २० च १६०५ नम्बरको कार र लु ४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

    बुधबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका ४ घर भई काठमाडौंको अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij