स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-७ का ३० वर्षीय एकतन चौधरी छन् । 

    लम्कीचुहा नगरपालिका-१० चुहामा स्थानीय सनराइज स्कुलको मप.०३-००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

    दुर्घटनामा गम्भीर घाइते चौधरीका चौधरीले उपचारको क्रममा टीकापुर अस्पतालमा बुधबार राति मृत्यु भएको हो । 

    मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका-६ पिपरकोटीका २४ वर्षीय  विक्रम चौधरी घाइते भएका छन् । 

    बस चालक घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij