त्रिवि क्रिकेट मैदानमा बसेर सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

त्रिवि क्रिकेट मैदानमा बसेर सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • त्रिवि क्रिकेट मैदानमा बसेर सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    उनीहरुको नाम भने सार्वजनि भएको छैन । यसअघि चारजना भारतीय नागरिकलाई ब्युरोले पक्राउ गरेको थियो । भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए ।

    आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्पोर्टस् बाजी र प्रोबो एपमार्फत उनीहरूले सट्टेबाजी गराउने गरेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij