विटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो, एक महिनामै ४७% वृद्धि

विटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो, एक महिनामै ४७% वृद्धि

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • विटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो, एक महिनामै ४७% वृद्धि

    काठमाडौं ।  क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ । बिहीबार बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । 

    हिजोको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो । पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढेको छ । बिटक्वाइनलाई स्वीकार गर्ने कम्पनीहरुको संख्या बढ्दै गएपछि क्रिप्टो करेन्सीको मूल्य पनि आकाशिएको हो ।

    एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ । अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको छ ।

    यसअघि ट्रम्पले अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने बाचा गरेका थिए । सो बाचाअनुरुप नै ट्रम्पले आयोगमा फेरबदल गर्न लागेको अनुमान गरिएको छ ।

    बिटक्वाइनका अलवा पछिल्लो एक महिनामा अन्य क्रिप्टोकरेन्सीको भाउ पनि बढेको छ । इथरियमको भाउ ३ हजार ८९८ अमेरिकी डलर पुगेको छ । एक महिनामै इथेरियमको भाउ ६० प्रतिशत बढेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij