जाजरकोटमा जीप दुर्घटना, मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना, मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • जाजरकोटमा जीप दुर्घटना, मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु

    काठमाडौं । जाजरकोटमा मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका- १० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च  ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जाजरकोटले जनाएकाे छ ।

    दुर्घटनामा जीपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुवैलाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । अस्पतालका चिकित्सकले उनीहरूको मृत्यु घोषणा गरेको प्रहरीले जनाएकाे छ ।

    मृतक दुवै जाजरकोटको भेरी नगरपालिका- ७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा कार्यरत थिए । जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ ।

    घाइते २३ वर्षीय कमल चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij