रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी

रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले भने चितवन प्रहरीको हिरासतमा छन् ।

    लामिछानेमाथि बीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ । पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको हाे ।

    लामिछानेसहित छविलाल जोशी र अन्य १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

    सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij