बीआरआईमा हस्ताक्षर भएलगत्तै चीन उडे नारायणकाजी श्रेष्ठ

बीआरआईमा हस्ताक्षर भएलगत्तै चीन उडे नारायणकाजी श्रेष्ठ

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • बीआरआईमा हस्ताक्षर भएलगत्तै चीन उडे नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका छन् । नेपाल–चीनबिच बीआरआईमा सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन् ।

    उनी तत्कालै चीन जाने कुनै कार्यक्रम थिएन । उनी चीनका लागि उडिसकेपछि बाहिर जानकारीमा आएको बताइएको छ ।

    चीनको संघाइमा हुने भनिएको एउटा गोष्ठीमा भाग लिन उनी त्यता गएको भनिएको छ । उपाध्यक्ष श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनका लागि निकै प्रयास गरेका थिए । उनले चीनमै बसेर बीआरआईबारे छलफल गरी टुंगो लगाएका थिए । गत असारमा बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम तयारी थियो । हस्ताक्षर गर्नका लागि चीनका विदेश मन्त्रालयका सचिव पनि नेपाल आइपुगेका थिए । तर अन्तिम समयमा हस्ताक्षर हुन सकेन ।

    त्यतिबेला तत्कालीन परराष्ट्रमन्त्री श्रेष्ठ इरानमा थिए । श्रेष्ठ त्यो दिन मुलुक बाहिर नभएको भए त्यही दिन बीआरआई कार्यान्वयनमा हस्ताक्षर हुन्थ्यो । नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनाल र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पनि चीन भ्रमणमा छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij