गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश नविर्सनु : पर्यटन मन्त्रालय

गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश नविर्सनु : पर्यटन मन्त्रालय

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश नविर्सनु : पर्यटन मन्त्रालय

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मेलामा हुने पशुबलीका सन्दर्भमा सर्वोच्च अदालतको आदेश स्मरण गर्न सरोकारवालासँग आह्वान गरेको छ । 

    मन्त्रालयले आज सुचना जारी गर्दै परम्परा र प्रथामा हुने कतिपय क्रियाकलापका विषयमा प्रश्न उठ्ने गरेको सन्दर्भमा सर्वोच्चले दिएको आदेशको पालना गर्न सचेत गराएको हो ।

    अदालतले पशुबली दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कामलाई निरुत्साहित गर्न परमादेश जारी गरेको थियो ।

    साथै गढीमाई मेलाका क्रममा हुने वातावरणीय प्रदूषण नियन्त्रण गरी स्वस्थ र स्वच्छ वातावरण कायम राख्न बली दिइएका पशुपन्छीको मासु लगायत पदार्थको उचित व्यवस्थापन गर्न समेत सर्वोच्चले आदेश दिएको थियो ।

    पशुबली दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कामलाई निरुत्साहित गर्न अदालतले परमादेश जारी गरेको थियो ।

    साथै गढीमाई मेलाका क्रममा हुने वातावरणीय प्रदूषण नियन्त्रण गरी स्वस्थ र स्वच्छ वातावरण कायम राख्न बली दिइएका पशुपन्छीको मासु लगायत पदार्थको उचित व्यवस्थापन गर्न समेत सर्वोच्चले आदेश दिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij