गत आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी १२० उजुरी दर्ता

गत आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी १२० उजुरी दर्ता

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • गत आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी १२० उजुरी दर्ता

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगमा गत आर्थिक वर्षमा मानव अधिकार उल्लंघनसम्बन्धी १ सय १० वटा उजुरी परेका छन् । आयोगले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/८१ को वाषिर्क प्रतिवेदन पेश गर्दै पीडित तथा पीडितका परिवारका गरी ९० जनालाई क्षतिपूर्तिका लागि सरकारसमक्ष सिफारिस गरिएको जनाएको हो । 

    प्रतिवेदन अनुसार अनुसन्धान सम्बन्धी विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरीगत सिफारिस र ५ वटा नीतिगत सिफारिस गरिएको छ । त्यस्तै पुराना र नयाँ गरी ३ सय ६८ उजुरीको अनुसन्धान सम्पन्न भएको, १ सय ६१ वटा उजुरीमा नीतिगत सिफारिस गरिएको, २ सय ७६ उजुरी तामेलीमा राखिएको र १५ उजुरी खारेज गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    आयोगबाट यसै अवधिमा १०१ वटा उजुरीहरूमा अन्य कारबाहीको सिफारिस, ९ जना व्यक्तिहरूलाई विभागीय कारबाहीको सिफारिस र चार जना व्यक्तिहरूलाई दोषी किटान गरिएको छ । 

    यस आ.व.मा आयोगले ९० जना पीडित तथा पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij