भुटानका राजा नाम्ग्याल वाङ्चुक भोलि नेपाल आउने

भुटानका राजा नाम्ग्याल वाङ्चुक भोलि नेपाल आउने

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • भुटानका राजा नाम्ग्याल वाङ्चुक भोलि नेपाल आउने

    काठमाडौं । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउन लागेका छन् । तर उनी नेपाल भ्रमणमा नभएर भारत भ्रमणमा जान लागेको बेला ट्रान्जिटका लागि एक घण्टा नेपालमा रहने बताइएको हो ।

    भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । यद्यपि उनी एक घण्टा नेपालमा रहे पनि कसैसँग औपचारिक भेटघाटको कार्यक्रम भने रहेकाे छैन ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा अ‍ोली चीन भ्रमणमा रहेको बेला भुटानी राजा भारत भ्रमणमा गइरहेका छन् । यो विषयलाई धेरैले चासोको रूपमा लिएका छन् ।

    चीन र भुटानबिच सीमा विवाद रहेको छ । सो विवादमा भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा जान लागेको बताइएको छ ।

    भुटानी राजा जिग्मेको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ । भटानी राजा जिग्मे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेटवार्ता हुने तय भइसकेको छ । 

    उनले त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने बताइएको छ । भुटानी राजा जिग्मे शुक्रवार स्वदेश फर्किनेछन् ।

    यसअघि नै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले भारतको भ्रमण गरेका थिए । उनीभन्दा पहिले भारतमा रहेका चिनियाँ राजदूत सु फेइहोङले पनि भुटानको भ्रमण गरेका थिए ।

    यता, पूर्व राजा ज्ञानेन्द्र शाहले गत असोजमा भुटानको भ्रमण गरेका थिए । भ्रमणको क्रममा भुटानले ज्ञानेन्द्रलाई राजकीय सम्मान दिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij