चितवनमा रास्वपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा

चितवनमा रास्वपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • चितवनमा रास्वपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा

    काठमाडौं । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा  र अश्रुग्यास प्रहार प्रहार गरेको हो ।

    चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दुईपक्षीय झगडा भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

    प्रहरी कार्यालय नजिकै रहेको सरकारी वकिल कार्यालयमा सभापति रवि लामिछानेको बयान चलिरहँदा उनको समर्थनमा प्रदर्शन गरेका हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij