काठमाडौं महानगरद्वारा तीन बालबालिकाको उद्धार

काठमाडौं महानगरद्वारा तीन बालबालिकाको उद्धार

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं महानगरद्वारा तीन बालबालिकाको उद्धार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ । महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै सौतेनी बाबुबाट जबरजस्ती करणीमा परेको भनिएकी कक्षा ६ मा अध्ययनरत एक ११ वर्षीया बालिकाको उद्धार गरिएको हो ।

    बालिकाको उद्धारपछि उनका ७ र ९ वर्षका दुई भाइहरूसमेत समेत घरमा एक्लै पर्ने भएकाले उनीहरूको पनि उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।

    बालिका अध्ययन गर्ने विद्यालय काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिका र प्रहरी वृत्त बौद्ध समेतको टोलीले बालबालिकाको उद्धार गरेको हो ।

    महानगरपालिकाबाट खटिएका समाजसेवी र बालमनोविज्ञ मार्फत बालिकाको परामर्श गरिएको थियो । बालिकाका सौतेनी बाबुलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरी हिरासतमा राखेको छ ।

    महानगरपालिकासहितको अनुगमन टोलीले पेस गरेको अनुगमन प्रतिवेदनका आधारमा प्रहरीले बालिकाको थापाथली प्रसूति अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

    बालिकासहित तीनैजना बालबालिकालाई अस्थायी संरक्षणका लागि पठाइयो महानगरपालिकाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij