मापदण्ड विपरीत सञ्चालन गरिएको क्रसर तत्काल हटाउन माग

मापदण्ड विपरीत सञ्चालन गरिएको क्रसर तत्काल हटाउन माग

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • मापदण्ड विपरीत सञ्चालन गरिएको क्रसर तत्काल हटाउन माग

    काठमाडौं । न्यूनतम मापदण्डसमेत पूरा नगरी अजिरकोट गाउँपालिका–४ ढोडेनीमा सञ्चालित क्रसर उद्योग तत्काल हटाउन स्थानीयले माग गरेका छन् । सडक आयोजनाका लागि खोलिएको क्रसर उद्योग ढोडेनीको बस्तीसँगै छ ।

    नदी किनार तथा बस्ती छेउ रहेको क्रसर उद्योगको ध्वनि र वायु प्रदूषणको आवाजले हैरानी बेहोर्नुपरेको स्थानीयले बताए । विहानदेखि साँझ अबेरसम्म क्रसर चल्दा धुलो बस्ती सम्मै पुऊदा स्वास्थ्यमा प्रतिकुल असर परेकाे साथै आवाजले समेत असर गर्दै आएकाे उनीहरुले बताए । 

    सिम्जुङ–घ्याच्चोक सडक निर्माण प्रयोजनका लागि भन्दै १ वर्षअघि क्रसर उद्योग स्थापना गरिएको थियो । तर सडक निर्माणको सुरुको विन्दु सिम्जुङ गाउँबाट झण्डै १० किलोमिटरको दुरीमा क्रसर उद्योग संचालनमा रहेको स्थानीयहरुले बताए । कुनै पनि क्रसर उद्योगहरु बस्ती, नदी किनारबाट पाँच-पाँच सय मिटरभित्र संचालन र स्थापना गर्न नपाइने प्रावधान छ ।

    सडक आयोजनाका लागि स्थापित क्रसर उद्योगले ब्यपारीक प्रयोजनका लागि निर्माण सामाग्री विक्री वितरण गर्न नमिल्ने प्रावधान छ । स्थानीयले यस अघि पनि पटक/पटक क्रसर उद्योग संचालन नगर्न आग्रह गर्दै आएका छन् ।

    गाउँभेलाबाट निर्णय गराएर स्थानीयले क्रसर तत्काल हटाउन माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय छन् । ४६ जना स्थानीयको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय आएका उनीहरुले क्रसर उद्योग सो स्थानबाट हटाई कानुनको उल्लंघन गरी व्यवसाय गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको माग समेत गरे ।

    गाउँपालिकालाई मौखिक जानकारी गराउँदा पनि मागको सुनुवाई नभएको स्थानीयवासीको गुनासो छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij