गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६९० किलो गाँजा

गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६९० किलो गाँजा

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६९० किलो गाँजा

    काठमाडौं । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो ।

    प्रहरीले ६९० किलो गाँजासहित २ वटा गाडी नियन्त्रणमा लिएको छ ।  दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij