चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनियाँ राष्ट्रपति सिलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएको उनले बताएका छन् ।

    चिनियाँ प्रधानमन्त्री लीलाई भने उनले समकक्षीको रुपमा नेपाल भ्रमणको निम्तो दिएका हुन् । सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज (मंगलबार) उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij