काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा पत्रकार महासंघले पक्षपात गरेको भन्दै बागमती प्रदेश पत्रकार महासंघको कार्यालय र मकवानपुर शाखाको कार्यालयमा प्रेस चौतारीले ताला लगाएको छ । बुधबार बिहान महासंघका दुईवटा कार्यालयमा तालाबन्दी गरिएको हो ।
प्रेस चौतारी मकवानपुर शाखाको अगुवाइमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको हो ।
पक्षपाती ढंगले क्रियाशिल पत्रकारको सदस्य वितरणमा महासंघ मकवानपुर शाखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले समेत वेवास्ता गरेको र पत्रकारिता क्षेत्रमा कामै नगरेकाहरुलाई महासंघको सदस्यता बनाएको भन्दै अनिश्चितकालिन तालाबन्दी गरिएको हाे ।