उडान अनुमति नलिएपछि गौतमबुद्ध विमानस्थलबाट कतार एयरवेजले भैरहवा उडान रोक्यो

उडान अनुमति नलिएपछि गौतमबुद्ध विमानस्थलबाट कतार एयरवेजले भैरहवा उडान रोक्यो

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • उडान अनुमति नलिएपछि गौतमबुद्ध विमानस्थलबाट कतार एयरवेजले भैरहवा उडान रोक्यो
    काठमाडौं । कतार एयरवेजले भैरहवा उडान रोकेको छ । कतार एयरवेजले गएको कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको थियो । मंसिर १५ देखि उक्त उडान रोकेको हो ।
     
    विमान कम्पनीले यही मंसिर १५ सम्म रहेको भैरहवा विमानस्थलको उडान अनुमति नवीकरण गरेको छैन । कतार एयरवेजले भैरहवाबाट पुनः उडान अनुमति नलिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
     
    “कतार एयरवेजको उडान अनुमति नोभेम्बर ३० (मंसिर १५) सम्म थियो, नवीकरण गरेको छैन,” उनले बाह्रखरीसित भने । कतार एयरवेजले काठमाडौंबाट भने दुई उडान गरिरहेको उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij