काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा एक साता दिनहुँ चार घण्टा विद्युत् कटौती हुने भएको छ। विद्युत् प्राधिकरणले सूचना जारी गरी मंगलबारदेखि आइतबारसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो।
नेपाल विद्युत प्राधिकरण, कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
मंसिर १८ गते स्वयम्भू क्षेत्र, मंसिर १९ गते कलंकीदेखि थानकोट क्षेत्र, मंसिर २० गते स्वयम्भू क्षेत्र, २१ गते कलंकीदेखि सोल्टीमोड सम्मको क्षेत्र, २२ गते कालीमाटीदेखि बल्खु चोक सम्मको क्षेत्र, २३ गते कालीमाटीदेखि बल्खु चोक सम्मको क्षेत्र सम्म बिजुली कटौती हुनेछ।