दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर बस्ने १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    सोमबार साँझ करिब पौने ७ बजेतिर घोराही उपमहानगरपालिका १० झारबैरा चोक नजिकै घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ अ १२९१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइलकलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट  मोटरसाइकल चालक भण्डारी र पछाडि सवार तुलसीपुर १७ का २२ वर्षीय दीपक बस्नेत घाइते भएका थिए । भण्डारीको टाउको र कानमा गम्भीर चोट लागेको थियो ।

    उनीहरु दुवैलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता एवं सूचना अधिकारी डीएसपी ईश्वर थापाले जानकारी दिए । उनका अनुसार घाइते बस्नेतको दाहिने खुट्टा र बायाँ  हातको औलामा चोट लागेको अवस्था मध्यम रहेको छ । 

    प्रहरीले टिपर चालक घोराही ११ डोक्रेना बस्ने ४० वर्षीय जित बहादुर चौधरीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij