दोलखाको गौरीशंकरमा एमालेले लियो अग्रता, पछ्याउँदै माओवादी

दोलखाको गौरीशंकरमा एमालेले लियो अग्रता, पछ्याउँदै माओवादी

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • दोलखाको गौरीशंकरमा एमालेले लियो अग्रता, पछ्याउँदै माओवादी

    काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । यसअघि माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले अग्रता कायम राखिरहेकी थिइन् । 

    पछिल्लो परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले अग्रता बनाएकी छिन् । गौरीशंकरमा एमालेकी उमाले १ हजार ९ सय ७२ मत प्राप्त गरेकी छिन् । त्यस्तै, माओवादी केन्द्रकी उम्मेदवार निम लेकीले भने १ हजार ९ सय ६ मत प्राप्त गरेकी छिन् । उनीहरूबीचको मतान्तर ६६ मतको छ ।  

    नेपाली कांग्रेसकी उम्मेदवार पासखिकी तामाङले भने १ हजार २ सय ८१ मत प्राप्त गरेकी छिन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij