सहकारी ठगीमा मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ

सहकारी ठगीमा मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • सहकारी ठगीमा मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ

    काठमाडौं । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छिन् । जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएकाले उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

    नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ को पार्टी अध्यक्षसमेत हुन् । सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाइएको छ । बगालेलाई वेशीसहर घरबाट पक्राउ गरिएको हो ।

    जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    सहकारी सेवा केन्द्रको नाममा रकम हिनामिना भएको उजुरीपछि रजिस्ट्रार कार्यलयको वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा सेवाकेन्द्रको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको थियो ।

    सहकारीका व्यवस्थापक वीरेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेपछि बगालेलाई पक्राउ गरिएको हो । सहकारीको रकम ठगीमा वीरेन्द्रसँग मिलेर तुलमाया तामाङ र अनिशा भण्डारीलगायतको संलग्नता देखिएको छ ।वित्तीय विश्लेषक गौतमको प्रतिवेदनको सिफारिसका आधारमा उनीहरूविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने भएको छ ।

    बगालेलाई ६ दिन हिसासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ भने वीरेन्द्रलाई ७ दिनको म्याद थप भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij