उदयपुरको बेलकामा ५ सय मत गन्दा २२० मत बदर, १६ घण्टा रोकिएपछि बदर मत पनि गणना गर्ने सहमति

उदयपुरको बेलकामा ५ सय मत गन्दा २२० मत बदर, १६ घण्टा रोकिएपछि बदर मत पनि गणना गर्ने सहमति

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • उदयपुरको बेलकामा ५ सय मत गन्दा २२० मत बदर, १६ घण्टा रोकिएपछि बदर मत पनि गणना गर्ने सहमति

    काठमाडौं । उदयपुरको बेलका नगरपालिका वडा नं ९ वडाअध्यक्षको मतगणना सुरु गर्ने तयारी भएको छ ।

    यसअघि बदरमत धेरै भएको भन्दै गणनामा बसेका माओवादीका प्रतिनिधिले निवेदन दिएका थिए । माओवादीको विरोधपछि आइतबार राति १ बजेबाटै गणना रोकिएको थियो । मतगणना आइतबार बेलुका १० बजेबाट सुरु भएको थियो ।

    तर अहिले पुनः मतगणनाको तयारी भएको बेलका नगरपालिकाले जनाएकाे छ । बेलकाको पुनः मतगणना सुरु गर्ने विषयमा दिनभर छलफल भएको र सकेसम्म कम मत बदरहुने गरी अगाडी बढ्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

    यसअघि बदर भनिएको मत पनि पुनः गणना गर्ने सूचनामा उल्लेख छ ।

    यसअघि ५०० मत गन्दा २२० मत बदर भएको थियो । अब सुरु गर्दा २२० मत पनि गणना गरिनेछ ।

    अहिलेसम्म एमालेका मोहन थापाले ८५ मतसहित अग्रता लिएका छन् ।

    माओवादीका भरत घिमिरेले ८० र कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् ।

    बेलका ९ को वडाध्यक्षमा ७ जना उम्मेदवार छन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका पदमबहादुर खड्का निर्वाचित भएका थिए ।

    एमाले उम्मेदवार दोस्रो हुँदा माओवादी उम्मेदवार चौथो भएका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij