काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी बन्ने भएका छन् । भण्डारीलाई कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका हुन् ।
मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो ।
उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् ।
कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छन् । भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालिरहेका छन् ।