काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ एकल महिला रहेको देखाएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार एकल महिलासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सन् २००१ को जनगणनामा एकल महिला संख्या ३.७ प्रतिशत रहेकोमा २०२१ (२०७८ साल) मा दोब्बरले वृद्धि भएको छ ।
अहिले एकल महिला संख्या ८ प्रतिशत पुगेको कार्यालयको आँकडा छ । २०७८ सालको जनगणना अनुसार देशभरिका एकल महिला संख्या ९ लाख ९७ हजार ६ सय ६२ छ । यो विधवा, पारपाचुके गरेको, छुट्टिएको र ३५ वर्षमाथिको अविवाहित महिला संख्या हो ।
सन् २००१ मा पारपाचुकेरछुट्टिएर बसेका महिला संख्या ०।३ प्रतिशत रहेकोमा अहिले बढेर ०.७ प्रतिशत पुगेको छ ।
कुल एकल महिलामध्ये विधवा महिला संख्या अहिले ८ लाख २६ हजार १ सय ४७ रहेको देखिन्छ । देशभरि विधुर पुरुष संख्या भने २ लाख ५५ हजार ८ छ । यसप्रकार देशभरि विधवारविधुर संख्या १० लाख ८१ हजार १ सय ५५ जना रहेको जनगणनाको तथ्यांकले देखाएको छ ।