मंसिर मसान्तमा अवकाशमा जाने रामप्रसाद घिमिरे सचिवमा बढुवा

मंसिर मसान्तमा अवकाशमा जाने रामप्रसाद घिमिरे सचिवमा बढुवा

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • मंसिर मसान्तमा अवकाशमा जाने रामप्रसाद घिमिरे सचिवमा बढुवा

    काठमाडौं । रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्राविधिकतर्फका सहसचिव घिमिरेलाई सचिवमा बढुवा गरेको हो ।

    शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अवकास पाएपछि घिमिरे सचिवमा बढुवा भएका हुन् ।

    सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस भएका घिमिरे हाल खानी विभागको महानिर्देशक थिए ।

    बढुवा सिफारिस समितिले पहिलो नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दिनानाथ मिश्र र तेस्रो नम्बरमा बुढी गण्डकी जलविद्युत आयोजनाको आयोजनाका प्रमुख मधुप्रसाद भेटवाल पनि सिफारिस गरेको थियो ।

    मंसिरको मसान्तमा अवकास हुन लागेका घिमिरे सचिवमा बढुवा भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij